+
+

भक्तपुर नगरपालिकामा नेमकिपा बाहेक सबै उम्मेदवारको जमानत जफत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १४:१७
भक्तपुर नगरपालिक‍ाको मेयरमा निर्वाचित नेमकिपाका सुनिल प्रजापति

२ जेठ, भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले क्लिन स्वीप गरेको भक्तपुर नगरपालिकामा मेयरका बाँकी उम्मेदवारले जमानत जोगाउन सकेनन् ।

नेमकिपाका सुनिल प्रजापतिले भने खसेको मतको दुई तिहाइ बढी मत ल्याए । निवर्तमान मेयर प्रजापतिले दोस्रो कार्यकालका लागि २९ हजार २०० मत पाए । तर बाँकी दल र स्वतन्त्र उम्मेदवारले खसेको मतको १० प्रतिशत ल्याउन सकेनन् ।

नेमकिपाको गढ भक्तपुरमा प्रजापतिसँग प्रतिस्पर्धामा ८ वटा दल र पाँच जना स्वतन्त्र उम्मेदवार मैदानमा उत्रिएका थिए । तर निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुला ३ हजार ३५२ मतमै सीमित भए । ४३ हजार ३७४ मत खसेकाले जमानत जोगाउन चार हजार कटाउनुपर्ने थियो । तर २०७४ मा पाएको मतको आधामै कासुला सीमित भए । २०७४ को चुनावमा पनि नेमकिपाका प्रजापतिसँग कांग्रेसका कासुला निकतम प्रतिस्पर्धी बनेका थिए । त्यसबेला कासुलाले ६ हजार ५६० मत पाएका थिए ।

तर यसपटक सनिल प्रजापतिले झण्डै चार हजार मत बढाए । २०७४ को चुनावमा उनले २५ हजार ७३० मत पाएका थिए । कांग्रेससहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत अन्य दलको पनि यसपटक मत घट्यो ।

२०७४ मा ४ हजार २१८ मत ल्याएको एमालेका उम्मेदवार रवीन्द्र लाछिमस्युले यसपटक २ हजार ८३७ मत पाएका छन् । राप्रपाका बद्री लाखाजुले १ हजार १३८, माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ७४२, जनमोर्चाका रामभक्त किजुले ४१४, जसपाका राजाराम ढुकुछुले १२१ मत पाए ।

उपमेयरमा पनि नेमकिपाका बाहेक उम्मेदवारले जमानत जोगाउन सकेनन् । उपमेयरमा दोहोरिएकी नेमकिपाका रजनी जोशीले २९ हजार ६९५ मत पाइन् । उनलाई पछ्याएकी एमालेकी रञ्जना खर्बुजाले २ हजार ७८४ मत पाइन् । एकीकृत समाजवादीका ओमचरण अमात्यले १ हजार ७४२ र राप्रपाकी लक्ष्मी छुस्याबागले १ हजार १८० मत पाइन् । बाँकी उम्मेदवारले एक हजार मत कटाउन सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?