+
+

बैतडीको सिगास गाउँपालिकामा कांग्रेसका धामी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १४:२२

२ जेठ, बैतडी । बैतडीको सिगास गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हरि सिंह धामी विजयी भएका छन् । उनी ३ हजार ४४९ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नकेपा एमालेका जस्वीर सिंह बोहराले १७९८मत मात्रै ल्याए । निर्वाचित अध्यक्ष धामी २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि विजयी भएका थिए ।

उपाध्यक्षमा नेकपा एमालेकी धाना धामी विजयी भएकी छिन् । उनले २९३९ मत ल्याएकी छिन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी सुमित्रा ऐरले २६९६ मत प्राप्त गरिन् ।

सिगास गाउँपालिकामा वडा नं. १ मा कांग्रेसका रामचन्द्र ऐरी (३५६ मत), वडा नं. २ एमालेका ठकेन्द्र सिंह ऐर (५०६ मत), वडा नं ३ मा नेपाली कांग्रेसका अमरसिंह धामी (३६७ मत) र वडा नं. ४ मा कांग्रेसका हरिसिंह बोहरा (३५३ मत) विजयी भएका छन् ।

यसैगरी वडा नं ५ मा नेकपा एमालेका राजेन्द्र बहादुर चन्द (४९६ मत), वडा नं ६ मा नेपाली कांग्रेसका तेज बहादुर साउद (२४९ मत), वडा नं. ७ मा कांग्रेसका कर्ण बहादुर साउद (२८६ मत)सहित निर्वाचित भएका छन् ।

वडा नं ८ मा नेकपा एमालेका केशव बहादुर बोहरा (३०६ मत) र वडा नं ९ मा नेपाली कांग्रेसका कृष्ण सिंह धामीले २९८ मत ल्याएर विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?