१ जेठ, काठमाडौं । इलामको सन्दकपुर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जितेको सन्दकपुरमा गठबन्धनतर्फका कांग्रेस उम्मेदवार तुलाराम गुरुङ विजयी भएका हुन् ।
उनले ४ हजार २२३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उदयबहादुर राईले ३ हजार २५८ मत ल्याए ।
यसैगरी उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार हरिबहादुर लुंगेली विजयी भएका छन् । उनले ३ हजार ६३७ मत ल्याउँदा प्रत्यासी एमालेकी तुलसादेवी सेढाईंले २ हजार ९८६ मत ल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4