+
+

५७ प्रतिशतले भोट हाल्न नपाएपछि हुम्लाको चंखेलीको एउटा केन्द्रमा पुन: मतदान हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १७:५१

२ जेठ, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका वडानम्बर २ को महादेव माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ ।

वैशाख ३० गते सम्पन्न मतदानमा आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको उजुरी परेपछि निर्वाचन आयोगले पुनः मतदान गर्ने निर्णय गरेको हो ।

मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले उक्त मतदान केन्द्रमा पुन: मतदान हुने बताए । निर्वाचन आयोगले पुन: मतदानको लागि पत्र पठाइसकेको पौडेलले जानकारी दिए ।

निर्वाचनको मिति सम्बन्धित गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले गर्ने उनले बताए । कर्मचारी, मतपत्र र मतपेटिका भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले पठाउने पौडेलले बताए ।

गठबन्धन दलहरूकातर्फबाट अध्यक्ष पदका उम्मेदवार गोविन्द शाही, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग पुन: मतदान गर्न माग गरेका थिए ।

स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही पक्षले धाँधली गरेर मतदातालाई मत हाल्नबाट बञ्चित गरेको भन्दै उनीहरूले मतदान कांग्रेस-माओवादीले माग गरेका हुन् ।

यो मतदान केन्द्रमा ९०३ मतदाता रहेकोमा ३९० मत मात्र खसेको थियो । ५१३ मतदाता मतदानबाट बञ्चित भएका थिए । स्वतन्त्र उम्मेदवारको मात्र मत खसाल्न दिएको दाबी गठबन्धन दलहरूले गर्दै आएका छन् । दलहरूले ५६.६८ प्रतिशत मतदातालई मतदान गर्नबाट बन्चित गरिएकाले पुन: मतदान गर्न माग गरेका थिए ।

मतदानका दिन झडप हुँदा सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायरसमेत गरेको थियो । मतदान अधिकृतसहित तीन जना घाइते भएका थिए । जसमध्ये मतदान कार्यमा खटिएका कार्यालय सहयोगी काला रोकायालाई हेलिकोप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको थियो ।

झडपपछि पुनः मतदान सुरु भए पनि गठबन्धन पक्षका मतदाताले मत हाल्न सक्ने वातावरण नै नभएकाले यस्तो अवस्था आएको सांसद छक्कबहादुर लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?