+
+

स्याङ्जाको फेदीखोला गाउँपालिका अध्यक्षमा एमालेका सुवेदी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १७:३०

१ जेठ, काठमाडौं । स्याङ्जाको फेदीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार घनश्याम सुवेदी निर्वाचित भएका छन् ।

२०७४ सालको निर्वाचनमा पनि विजयी भएका सुवेदी ३ हजार ८३६ मत प्राप्त गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका लक्ष्मीप्रसाद बरालले ३ हजार ७०४ मत पाए ।

गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकै देउकुमारी गुरुङ विजयी भएकी छन् । उनले ३ हजार ९७८ मत ल्याउँदा प्रत्यासी माओवादी केन्द्रका शिवप्रसाद पराजुलीले २ हजार ३७९ मत पाए । यो गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?