+
+

ललितपुर-२ को वडाध्यक्षमा एकीकृत समाजवादीका महर्जन निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १७:५१

२ जेठ, काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर २ को वडाध्यक्षमा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन निर्वाचित भएका छन् ।

१८३० मत पाएका उनले नेकपा एमालेका पुरुषोत्तम थापा मगर र नेपाली कांग्रेसका विनयप्रसाद जोशीलाई पराजित गरे । एमालेका थापाले ६०७ र कांग्रेसका जोशीले ५६० मत पाए ।

ललितपुर महानगरपालिकामा हालसम्म ८०८० मत गणना भइसकेको छ । जसमध्ये नेपाली कांग्रेसका चिरिबाबु महर्जनले चार हजार ७२८ र नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले एक हजार ६८३ मत पाएका छन् ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यले दुई हजार ८३ मत पाएकी छन् भने नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले एक हजार ५२४ मत पाएका छन् ।

ललितपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको तालमेल छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?