+
+

घोराहीमा एमाले उम्मेदवार चौधरीलाई १८६७ मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १८:२२

२ जेठ, दाङ । दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरीले अग्रता कायम राखेका छन् ।

एमालेका नरुलाल चौधरीले १३ हजार ९३१ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका हेमराज शर्माले १२ हजार ६४ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर एक हजार ८६७ पुगेको छ ।

उपमेयरमा भने नेपाली कांग्रेसका भुपबहादुर डाँगीले झिनो मतले अग्रता लिएका छन् । उनले १३ हजार ५३४ मत पाएका छन् भने नेकपा एमालेकी हुमा डिसीले १३ हजार ५२० मत पाएकी छन् ।

घोराहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?