+
+

भरतपुरको मेयरमा पुन: रेनुले लिइन् अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १८:५४

२ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा फेरि नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् । सोमबार दिनभर नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता लिए पनि साँझतिर रेनुले अग्रता लिएकी हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार १५ हजार ३१ मत गणना हुँदा रेनुले पाँच हजार ३९ मत पाएकी छन् भने विजयले पाँच हजार २७ मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले दुई हजार ५५ मत ल्याएका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ६ हजार ४३ मत र राप्रपा उम्मेदवार हिमला गुरुङले चार हजार ४२ मत पाएकी छन् ।

भरतपुरमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच तालमेल छ । त्यस्तै एमाले र राप्रपाले पनि तालमेल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?