+
+

बैतडीको सुर्नयाको अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षमा कांग्रेसकी बोहरा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते २०:२५

२ जेठ, बैतडी । बैतडीको सुर्नया गाउँपलिकाको अध्यक्षमा नेकपा एमालेका अम्मर कुँवर निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेसकी मञ्जु बोहरा निर्वाचित भएकी छन् ।

अध्यक्षमा निर्वाचित कुँवरले नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्टलाई २६ मतअन्तरले पराजित गरेका हुन् । कुँवरले २ हजार ३५० मत ल्याउँदा विष्टले २ हजार ३२४ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित कांग्रेसकी बोहराले २ हजार १३२ मत ल्याउँदा उनका प्रतिद्वन्दी राप्रपाका देवबहादुर चन्दले १ हजार ९४१ मत ल्याए ।

सुर्नयामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच चुनावी गठबन्ध भएको थियो भने एमाले र राप्रपाबीच गठबन्धन भएको थियो । नेपाली कांग्रेस भने एक्लै चुनावी मैदानमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?