+
+

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा कांग्रेसको क्लिनस्वीप

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते २०:४६

२ जेठ, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा नेपाली कांग्रेसले क्लिनस्विप गरेको छ । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सबै सदस्य पद जित्दै कांग्रेसले क्लिनस्विप गरेको हो ।

अध्यक्षमा रामपदारथ साह चार हजार ६६८ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका विनोदकुमार साहले तीन हजार २७१ मत पाएका छन् । अध्यक्षमा पराजित साह गाउँपालिकाको निवर्तमान अध्यक्ष थिए ।

उपाध्यक्षमा कांग्रेसकी श्यामकला यादवले चार हजार ६१० मत ल्याएर निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी गीतादेवी रायले तीन हजार ३११ हजार प्राप्त गरे ।

कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुमा वडा नं. १ मा निरञ्जन प्रसाद कलवार, वडा नं. २ मा शङ्कर साह तेली, वडा नं. ३ मा गौतमकुमार यादव, वडा नं. ४ मा श्यामप्रसाद साह, वडा नं. ५ मा नवीनकुमार यादव, वडा नं. ६ मा हिरेन्द्रकुमार यादव र वडा नं. ७ मा रामसागर महतो कोइरी रहेका छन् ।

सबै वडाको वडा सदस्यमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?