+
+

स्याङ्जाको आँधीखोलामा एमालेका पौडेल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १:२४

३ जेठ, स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका विश्वनाथ पौडेल निर्वाचित भएका छन् ।

पौडेलले पाँच हजार १७७ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाल कांग्रेसका प्रेमरज पौडेलले चार हजार ३५१ मत पाएका छन् ।

उपाध्यक्षमा पनि नेकपा एमालेकी सीता थापा निर्वाचित भएकी छन् ।

उनले पाँच हजार २७३ मत पाइन् भने निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका रामप्रसाद पौडेलले तीन हजार ८१७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?