+
+

बझाङको तलकोट गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडा एमालेले जित्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ७:०६

३ जेठ, बझाङ । बझाङको तलकोट गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा एमालेका कलक बहादुर रोकाया र उपाध्यक्षमा पार्वती कुँवर भण्डारी निर्वाचित भएका छन् ।

अध्यक्ष रोकायाले २ हजार ७५९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका नारायण कुमार धामीले २ हजार २२९ मत ल्याए । राप्रपाका ललित प्रसाद जोशीले ३५ मत पाए ।

यसैगरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी पार्वती कुँवर भण्डारी २ हजार ६२१ मतसहित निर्वाचित भइन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जयकुमारी ऐडीले २ हजार ३९२ मत ल्याए । स्वतन्त्र उम्मेदवार पार्वती ऐडीले ६८ मत पाइन् ।

७ वडा रहेको तल्कोटमा नेकपा एमालेले ६ वडा जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?