+
+

बालेनले पाए १० हजारभन्दा बढी मत

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ९:००

३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले अग्रता थप फराकिलो बनाएका छन् ।

आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार २४१ मत पाएका हुन् ।

उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ४ हजार ७८८ मत अन्तरले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ५ हजार ४९९ मत अन्तरले अगाडि छन् ।

केशव स्थापितले ५ हजार ४५३ र सिर्जना सिंहले ४ हजार ७४२ मत पाएका छन् ।

राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ८४५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६९१ मत र विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटाले १०७ मत पाएकी छन् ।

उपमेयर पदमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले ९ हजार ४१९ मतसहित अग्रता कायम गरेका छन् ।

सत्ता गठबन्धनबाट उपमेयरको साझा उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ५७५ मत पाएका छन् । राप्रपाकी उम्मेदवार विनिता मगैयाको पक्षमा १ हजार ७०९ र विवेकशील साझा पार्टीकी कीर्ति तुलाधरको पक्षमा ४०४ मत परेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?