 
																			३ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जनताले एउटा खराबले जितेको ठाउँमा अर्को खराबलाई वा नयाँ व्यक्तिलाई भोट दिएको विश्लेषण गरेका छन् ।
स्थानीय तहको चुनाव अन्तर्गत देशभर मतगणना जारी छ । परिणाम धमाधम सार्वजनिक भइरहेका बेला भट्टराईले ट्वीट गर्दै यस्तो विश्लेषण गरेका हुन् ।
‘समग्र समीक्षा हुँदै गर्ला तर अहिलेसम्मको प्रवृत्तिबाट भन्नसकिन्छ–जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन् !,’ उनले लेखेका छन्, ‘नो भोटको प्रावधान नहुँदा र सत्तामा शून्यता हुन नसक्ने हुँदा पहिले एउटा खराबले जितेको ठाउँमा (भक्तपुर बाहेक)अहिले अर्को खराबलाई वा नयाँ व्यक्तिलाई हाल्दैछन् ! दुःखद् कुरा विकल्प पनि छैन !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4