+
+

कर्णालीका ४० पालिकाको नतिजा : कुन दल कहाँ विजयी ?

यज्ञ खत्री यज्ञ खत्री
२०७९ जेठ ३ गते १४:४०

३ जेठ, सुर्खेत । ७९ वटा स्थानीय तह रहेको कर्णाली प्रदेशमा समाचार तयार पार्दासम्म ४० पालिकाको नतिजा सार्वजनिक भएको छ । मंगलबार दिउँसो १ बजेसम्मको परिणाम अनुसार ४० पालिकाको नतिजा सार्वजनिक भइसकेको निर्वाचन आयोगको कर्णाली प्रदेश कार्यालयले जनाएको छ ।

प्रदेशमा हालसम्म सार्वजानिक नजिता अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसले सबैभन्दा बढी १८ वटा पालिका प्रमुख जितेको छ भने दोस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादी केन्द्रले १३ पालिका प्रमुखमा जितेको छ ।

यस्तै नेकपा एमालेले पाँचवटा पालिकामा जित हात पारेको छ भने नेकपा (एकीकृत समाजवादी)ले तीन वटा पालिकामा नेतृत्व पाएको छ । एकजना स्वतन्त्र उम्मेदवार जिजयी भएका छन् । उनी एकीकृत समाजवादी कालीकोटका उपाध्यक्षसमेत हुन् ।

१० जिल्लामध्ये अहिलेसम्म सुर्खेतका कुनै पनि पालिकाको मत गणना सकिएको छैन् । ०७४ सालमा एउटा वडाध्यक्षसमेत नजितेको माओवादीले दैलेखमा दुई पालिका अध्यक्ष जितेको छ ।

एमालेले दैलेखमा आफ्नो वर्चश्व रहेको भैरवी, भगवती र महाबु गाउँपालिकाको नेतृत्व यसपटक गुमाएको छ ।

कांग्रेसले यसअघि जितेको गुराँस र डुङ्गेश्वर गाउँपालिकामा यो पटक एमालेले जितेको छ । कांग्रेसले जितेको नौमुले गाउँपालिका माओवादीले जितेको छ ।

माओवादीको आधार इलाका मानिएको रुकुम पश्चिमका दुई गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । ६ स्थानीय तह रहेको रुकुम पश्चिममा ०७४ को स्थानीय निर्वाचनमा ६ वटै पालिकामा माओवादीले जितेको थियो ।

अहिलेसम्म बाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेसले जितेको छ । माओवादीका प्रभावशाली नेता जनार्दन शर्माको गृहनगर मुसिकोटमा पनि कांग्रेसले शुरुआतदेखि नै अग्रता लिएको छ ।

एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले डोल्पाका दुई र सल्यानको एक पालिकामा नजिता निकालेको छ ।

यसअघि माओवादीले वर्चश्व जमाएको कालीकोटको तिलागुफामा एमाले-कांग्रेस मिलेर पराजित गरेका छन् । अन्य पालिकाहरू पनि माओवादीले गुमाएको छ । ०७४ मा निर्वाचित भएर पाँच वर्षे कार्यकाल चलाएका अधिकांश उम्मेदवारहरू यो पटकको चुनावमा पराजय बेहोरेका छन् ।

कर्णालीमा पाँच दलीय गठबन्धन क्षतविछेद् छ । अधिकांश पालिकामा गठबन्धन कायम हुन सकेन् । माओवादी बलियो भएका रुकुम, सल्यान, कालीकोटलगायत जिल्लामा एमाले-कांग्रेस गठबन्धन छ । यसबाहेक कांग्रेस-माओवादी, एकीकृत समाजवादी-माओवादी र एमाले- एकीकृत समाजवादीको तालमेल रहेको छ ।

यी हुन् कांग्रेसले जितेका १८ पालिका

– ठूलोभेरी नगरपालिका, डोल्पा

-तिलागुफा नगरपालिका, कालीकोट

– महाबु गाउँपालिका, दैलेख

-भैरवी गाउँपालिका, दैलेख

– चामुण्डा विन्द्रासैन नगरपालिका, दैलेख

– ठाँटीकाँध गाउँपालिका, दैलेख

– खार्पुनाथ गाउँपालिका, हुम्ला

– कुमाख गाउँपालिका, सल्यान

-सिद्धकुमाख गाउँपालिका, सल्यान

– त्रिवेणी गाउँपालिका ,सल्यान

– शारदा नगरपालिका, सल्यान

-कनकासुन्दरी गाउँपालिका, जुम्ला

– पातारासी गाउँपालिका,जुम्ला

– हिमा गाउँपालिका, जुम्ला

– मुगुम कार्मारोंग गाउँपालिका, मुगु

-कुशे गाउँपालिका, जाजरकोट

– शिवालय गाउँपालिका, जाजरकोट

– बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम

माओवादीले जितेका १३ पालिका 

– नौमुले गाउँपालिका, दैलेख

-भगवतीमाई गाउँपालिका, दैलेख

-ताँजाकोट गाउँपालिका, हुम्ला

– नाम्खा गाउँपालिका,हुम्ला

– सिमकोटमा गाउँपालिका, हुम्ला

– पलाँता गाउँपालिका , कालीकोट

– शुभ कालीका गाउँपालिका, कालीकोट

– जगदुल्ला गाउँपालिका, डोल्पा

– मुड्केचुला गाउँपालिका, डोल्पा

– नलगाड नगरपालिका, जाजरकोट

-बनगाड कुपिण्डे नगरपालिका, सल्यान

– सानीभेरी गाउँपालिका, रुकुम पश्चिम

-सिंजा गाउँपालिका, जुम्ला

एमालेले जितेका ५  पालिका

– गुराँस गाउँपालिका, दैलेख

-डुङ्गेश्वर गाउँपालिका , दैलेख

– नारायण नगरपालिका, दैलेख

– शे-फोक्सुण्डो गाउँपालिका, डोल्पा (निर्विरोध)

– जुनिचाँदे गाउँपालिका, जाजरकोट

एकीकृत समाजवादीले जितेका ३ पालिका

– काइके गाउँपालिका, डोल्पा (निर्विरोध)

– छार्काताङसोङ गाउँपालिका , डोल्पा (निर्विरोध)

-कपुरकोट गाउँपालिका, सल्यान

स्वतन्त्र -१
-खाँडाचक्र नगरपालिका, कालीकोट

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?