+
+

जाजरकोटको जुनीचाँदेको अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १५:५७

३ जेठ,  जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा एमालेका बेदबहादुर शाही र उपाध्यक्षमा कांग्रेसका वीरेन्द्रबहादुर शाही निर्वाचित भएका हुन् ।

शाहीले ३४४४ मत ल्याए भने उपाध्यक्ष वीरबहादुरले ३३२७ मत पाए । अध्यक्षका प्रतिस्पर्धी माओवादीका शिवा आचार्यले ३०८८ मत पाए । उपाध्यक्षका निकटतम प्रतिस्पर्धी एमालेकी अम्बाकुमारी शाहले २७४६ मत पाइन् ।

शिवा आचार्य जुनीचाँदे गाउँपालिकाको निवर्तमान अध्यक्ष हुन् भने अम्बा कुमारी शाह २०७४ सालको चुनावमा पनि यही पदमा पराजित भएकी थिइन् ।

जुनीचाँदेका ११ वडामध्ये एमालेले ३, कांग्रेस २ र माओवादी केन्द्रले ६ वडा जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?