+
+

रुकुम पश्चिमको त्रिवेणीमा माओवादी विजय

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १६:२२

३ जेठ, रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका नेकपा (माओवादी केन्द्र)ले जितेको छ ।

माओवादी केन्द्रका गणेशकुमार केसीले कांग्रेसका अमरसिंह खड्कालाई ८३६ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्  केसीले ५१२९ मत प्राप्त गरे । खड्काले ४२९३ मत पाए ।

यस्तै, उपाध्यक्षमा पनि माओवादी केन्द्रकी राजकुमारी रेउले विजयी भएकी छन् । उनले नेपाली कांग्रेसकी सृष्टि बाँठालाई ८३० मतान्तरले पराजित गरिन् । रेउलेले ५१४३ मत पाउँदा बाँठाले ४३१३ मत पाइन् ।

गाउँपालिकाका १० वडामध्येमा माओवादीले ५ वडामा जितेको छ । ४ वडा कांग्रेसले जित्यो ।

कांग्रेसले यसअघि २०७४ सालमा गाउँपालिकाका २ वडा जितेको थियो । त्यतिबेला जितेका दुवै वडा गुमाएर माओवादीले जितेका ४ वडामा यो पटक कांग्रेस विजयी भएको हो ।

कांग्रेसले यो पटक केही वडामा एमालेसँग गठनबन्धन गरेको थियो । ११ मध्ये एउटा वडा भने स्वतन्त्र उम्मेदवारले जितेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?