+
+

आजदेखि नयाँ शैक्षिक सत्र सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १७:१५
फाइल तस्वीर

३ जेठ, काठमाडौं । आजदेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ । अधिकांश पालिकाका विद्यालयहरु आजदेखि खुलेका छन् । केही विद्यालयले पठनपाठन नै सुरु गरेका छन् भने अधिकांशले आज पहिलो दिन विद्यार्थी कम आएकोले परामर्श दिने, पुस्तक वितरण गर्ने कार्य गरेका छन् ।

ललितपुर महानगरपालिकाको कुपन्डोल स्थित प्रगति माध्यामिक विद्यालयले आज सबै विद्यार्थी नआएकोले परामर्श दिने, पुस्तक नलिएका विद्यार्थीलाई पुस्तक वितरण गर्ने गरिरहेको जनाएको छ । प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले सबै विद्यार्थी कक्षामा उपस्थित नभएकोले परामर्श दिने, किताब लिन छुटेका विद्यार्थीहरुलाई पुस्तक वितरण गरिरहेको बताए ।

भक्तपुर नगरपालिकामा भने अधिकांश विद्यालय जेठ १ गतेदेखि नै खुलेकोले पठन पाठन सुरु भइसकेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले पठनपाठन सुरु भइसकेको बताए ।

काठमाडौं महानगरपालिकामा भने ५ जेठदेखि मात्रै पठनपाठन हुने भएको छ । महानगरका सबै विद्यालय आजदेखि खुले पनि शिक्षकहरु विद्यालय जाने पठनपाठनको कार्ययोजना बनाउने काम भइरहेको त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका शिक्षक हेरम्बराज कँडेलले बताए ।

महानगरले शैक्षिक गतिविधिलाई एक रुपता दिन शैक्षिक क्यालेन्डर अनुसार ५ जेठदेखि पठनपाठन सुरु गर्न उल्लेख गरेको छ । सोही अनुसार जेठ पाँच गतेबाट पठनपाठन हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?