+
+

गण्डकी गाउँपालिका अध्यक्षमा माओवादीका तिमिल्सिना निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १८:२३

३ जेठ, गोरखा । गोरखाको गण्डकी गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका दीपक तिमिल्सिना निर्वाचित भएका छन् । ६ हजार ३२६ मत ल्याएर उनी निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका होम बहादुर रानाले ४ हजार ६५५ मत प्राप्त गरेका छन् । राना यसअघिको निर्वाचनमा पालिका अध्यक्ष निर्वाचित भएका थिए । उपाध्यक्षमा नेपाली कांग्रसकी ललिता अधिकारी निर्वाचित भएकी छन् ।

उनले ४ हजार ८२१ मत ल्याएकी छन् भने उनका प्रतिस्पर्धी उम्मेदवार जनता समाजवादी पार्टीका भीम नारायण श्रेष्ठले ४ हजार ४४ मत प्राप्त गरेका छन् । अधिकारी यसअघिको निर्वाचनमा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

आठ वटा वडा रहेको उक्त गाउँपालिकामा माओवादी केन्द्रले ६ वडा, कांग्रेस र एमालेले एक÷एक वडा जितेका छन् । माओवादी केन्द्रले वडा नम्वर १,२,५,६,७,८, कांग्रेसले वडा नम्वर ३ र एमालेले वडा नम्वर ४ जितेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?