+
+

सातवर्षपछि अकेशाको कमब्याक : भन्छिन्, अब फिल्मलाई निरन्तरता दिन्छु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १८:४१

काठमाडौं । कुनै समय टेलिभिजन र फिल्मको पर्दाबाट मनोरञ्जन वृत्तमा नाम कमाएकी नायिका हुन्, अकेशा विष्ट । तर, करियरले गति लिँदै गर्दा उनी अमेरिका उडिन् र गुमनाम भइन् । डेब्यु फिल्म ‘जिन्दगी रक्स’ रिलिज भएलगत्तै अध्ययनका लागि भन्दै उनी त्यता लागेकी थिइन् ।

अहिले अकेशा काठमाडौंमा फर्किएकी छन् । जेठ ६ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाइफ इन एलए’बाट उनले कमब्याक गरेकी छिन् ।

गत सोमबार अमेरिकादेखि आएकी अकेशाले सोही दिन पत्रकारसँगको अन्तक्रियामा आफ्ना धारणा राखिन् । ‘मेरो कमब्याक खुसी, डर र नर्भसले भरिएको छ’ उनले भनिन्, ‘अब अमेरिकामै बसेर भएपनि अभिनयलाई निरन्तरता दिनेछु ।’

फिल्म ‘लाइफ इन एलए’ले अमेरिकी सपना देखेर त्यहाँ होमिएका नेपाली युवापुस्ताको संघर्ष र असमानतालाई चित्रण गर्छ । फिल्ममा अकेशा स्वयमको मुख्य भूमिका छ । ब्यास बिसुसँग उनले अनस्क्रिन रोमान्स गरेकी छन् ।

अनि नेपाल फर्कन किन ढिलाइ नि ? ‘मेरो पहिलो फिल्म प्रदर्शनपछि भूकम्प गयो । त्यसपछि फिल्म निर्माणको काम रोकियो । अनि म अमेरिका गएँ । उता गएपछि पढाइ र कामले समय दिन सकिएन’ उनले सुनाइन्, ‘अब राम्रो प्रस्ताव आएमा अभिनयलाई निरन्तरता दिनेछु ।’

अमेरिकामा रहँदा पनि आफ्नो मनमा फिल्म नै रहेको उनको भनाई छ । ‘स्क्रिप्ट र भूमिका मन परेपछि लाइफ इन एलए गरेकी हुँ । प्रस्ताव आउँदा म फुर्सदमै थिएँ’ अकेशा सुनिइन् ।

विभिन्न अमेरिकी राज्यमा प्रदर्शन भैसकेको सो फिल्म शुक्रबारदेखि नेपालमा समेत रिलिज हुँदैछ । फिल्ममा ब्यास बिस्सु, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक लगायतको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?