+
+

शुद्धोधन गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ६:१८

४ जेठ, बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका विष्णु प्रसाद बस्याल निर्वाचित भएका छन् ।

बस्यालले नेकपा एमालेका उम्मेदवार किशुनचन्द्र चौधरीलाई १ हजार ७१३ मतको अन्तरले पराजित गरेका हुन् । बस्यालले ७ हजार ९८३ मत पाएर विजयी हुँदा चौधरीले ६ हजार २७० मत पाएका छन् । चौधरी २०७४ को चुनावमा एमालेबाटै गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए ।

गाउँपालिकाको उपाध्यक्षमा भने एमालेकी शान्तादेवी ज्ञवाली निर्वाचित भएकी छन् । ज्ञवालीले ६ हजार ६८२ मत पाएर निर्वाचित हुँदा माओवादी केन्द्रकी शारदा भुसालले ३ हजार २५५ मत पाएकी छन् ।

पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?