+
+

निवर्तमान मेयरलाई हराउँदै बागलुङ नगरपालिकामा कांग्रेसका श्रेष्ठ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ६:४३

४ जेठ, बागलुङ । बागलुङ नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार श्रेष्ठले १४ हजार ६०८  मत प्राप्त गरे ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तथा निर्वतमान नगरप्रमुख जनकराज पौडेलले ८ हजार ८२१ मत प्राप्त गरे ।  २०७४ सालको स्थानीय तह निर्वाचनमा पौडेलले श्रेष्ठलाई २ हजार २९५ मत अन्तरले पराजित गरेका थिए ।

नगरपालिकाको उपमेयरमा गठबन्धनकै उम्मेदवार नेकपा माओवादी केन्द्रका राजु खड्का निर्वाचित भएका छन् । खड्काले १२ हजार ४२७ मत प्राप्त गर्दा एमाले राप्रपाका उम्मेदवार राप्रपाका सञ्जय खड्काले ८ हजार ६५ मत प्राप्त गरे ।

अघिल्लो निर्वाचनमा बागलुङ नगरपालिकाका १४ मध्ये ११ वडामा जित निकालेको एमाले यसपटक ३ वटा वडामा सीमित भएको छ ।

यसपटक ७ वटा वडामा नेपाली कांग्रेस, २ वटा वडामा नेकपा एकीकृत समावजादी, एउटा वडामा नेकपा माओवादी केन्द्र र एउटा वडामा स्वतन्त्र उम्मेदवारले जित निकालेका छन् ।

नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका जयबहादुर खत्री ४ सय ७४ मत अध्यक्षमा विजयी भए । वडा नम्बर २ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुरज बसेल ४ सय २८ मत प्राप्त गर्दै विजयी भए ।

त्यसैगरी वडा नम्बर ३ मा नेपाली कांग्रेसका शनी केसी ९ सय ८३ र वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रका कुमार विक्रम क्षेत्री १ हजार ३३ मतका साथ अध्यक्षमा विजयी भएका छन् ।

वडा नम्बर ५ को अध्यक्षमा नेकपा एमालेका हरि प्रसाद शर्मा ७ सय ३८ मत, वडा नम्बर ६ को अध्यक्षमा नेकपा एमालेका रुद्र केसी ७ सय ८६ र वडा नम्बर ७ मा नेकपा एमालेका मेघनाथ शर्मा ८ सय २१ मत सहित विजयी भए ।

वडा नम्बर ८ मा नेपाली कांग्रेसका छमबहादुर कार्की ९ सय ६३, वडा नम्बर ९ को अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा, वडा नम्बर १० को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका तिलबहादुर थापामगर ८ सय ९६, वडा नम्बर ११ मा ७ सय ९० मतका साथ नेपाली कांग्रेसका ज्ञानेन्द्र गौतम विजयी भए ।

वडा नम्बर १२ मा १ हजार ३३८ मतका साथ स्वतन्त्र उम्मेदवार कोपिला मणी शर्मा, वडा नम्बर १३ मा नेपाली कांग्रेसका नारायण शर्मा पौडेल १ हजार ७०८ मत र वडा नम्बर १४ मा नेपाली कांग्रेसका चक्रबहादुर खत्री १ हजार १६१ मतका साथ विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?