+
+

दाङको लमही नगरपालिकामा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ७:३३
जोगराज चौधरी र लक्ष्मी योगी

४ जेठ, दाङ । दाङको लमही नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा जोगराज चौधरी र उपमेयरमा लक्ष्मी योगी विजयी भएका हुन् ।

चौधरी २ हजार ३२ मतान्तरले मेयरमा विजयी भएका छन् । उनले ९ हजार ३ सय १७ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका बसन्तराज शर्मा (विक्रान्त)ले ७ हजार २८५ मत प्राप्त गरेका छन् । नेकपा एमालेका उम्मेदवार दण्डीराम चौधरीले ५ हजार ५०३ मत प्राप्त गरेका छन् ।

मेयरमा निर्वाचित भएका नेपाली कांग्रेसका चौधरी ०७४ सालको निर्वाचनमा एमालेका कुलबहादुर केसीसँग पराजित भएका थिए ।

उपमेयरमा कांग्रेसकी लक्ष्मी योगी ८ हजार ७ सय ३७ मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रकी गंगा पाण्डेले ५ हजार ८ सय ४८ प्राप्त गरेकी छन् । एमालेकी सुशिला शर्माले ५ हजार ३ सय १२ मत प्राप्त गरिन् ।

लमहीमा ९ वडामध्ये ८ वडा वडा कांग्रेसले जितेको छ भने  एउटा वडा माओवादी केन्द्रले जितेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा मेयर पद एमालेले यसपटक भने वडा पनि जित्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?