+
+

ललितपुरमा चिरिबाबुको अग्रता कायमै, वडा नं. ७ मा कांग्रेसका कुलबहादुर विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ८:१५

४ जेठ, ललितपुर । ललितपुर महानगरपालिकाको वार्ड नम्बर ७ मा नेपाली कांग्रेसका कुलबहादुर महर्जन विजयी भएका छन् । उनले २ हजार १७० मत पाउँदै वडाअध्यक्ष पद जिते ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र महर्जनले ५८९ र विवेकशील साझाका सिताराम महर्जनले ११ मत पाए ।

ललितपुर महानगरपालिकामा अहिलेसम्म गणना भएको २१ हजार ४२६ मतमध्ये नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११ हजार ९२० मतसहित अग्रस्थानमा छन् ।

नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० र राप्रपाका अष्ट महर्जनले ९९८ मत पाएका छन् ।

उपप्रमुखमा भने नेकपा एमालेकी उम्मेदवार मन्जली शाक्यको अग्रता कायम छ । उनले ५ हजार ९८३ मत पाउँदा नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले ४ हजार ५६६ मतसहित पछ्याइरहेका छन् । स्वर्णिमा शाक्यको पक्षमा १ हजार ८३२ मत परेको छ ।

ललितपुरमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालमेल गरेका थिए । कांग्रेसले मेयर र माओवादीले उपमेयर पदमा प्रतिस्पर्धा गरेका छन् । तर उपमेयर पदमा उम्मेदवारी नदिएको कांग्रेसको रुख चिह्नमा ३ हजार २८० परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?