+
+

विराटनगरमा नागेश र शिल्पाको अग्रता बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ८:२७

४ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता फराकिलो बनाएका छन् ।

पछिल्लो मत परिणाम अनुसार प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले एमाले उम्मेदवार सागर थापासँग २ हजार ८ सय १ मत र उपप्रमुख उम्मेदवार एमालेकी शिल्पाकार्कीले जसपा उम्मेदवार अमरेन्द्र यादवसँग ४ हजार ४४ मतको अग्रता बनाएकी छन् ।

मेयरका उम्मेदवार कोइरालाले ११८७६ मत पाएका छन् । एमाले उम्मेदवार सागर थापाले ९०७५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार उमेश यादवले ३९२७ मत पाएका छन् । प्रह्लाद साहले २५३९ मत पाएका छन् ।

एमालेबाट उपप्रमुख उम्मेदवार शिल्पा कार्कीले १० हजार ४२६ मत पाएकी छन् । जसपा उम्मेदवार अमरेन्द्र यादवले ६ हजार ३८२ मत पाएका छन् । राप्रपा उम्मेदवार विन्दाकुमारी लुईटेल आचार्यले ३ हजार ६५ मत पाउँदा स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले २ हजार १९९ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?