+
+

डोटीको शिखर नगरपालिकामा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ८:४८

४ जेठ, काठमाडौं ।डोटीको शिखर नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।

मेयरमा कांग्रेसका दीर्घबहादुर बलायरले ६५६२ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भीमबहादुर वलायर ४५९१ मत ल्याए ।

मेयरमा एकीकृत समाजवादीका सागरप्रसाद भट्ले ३०२ र राप्रपाका गिरिबहादुर रोकायाले ४२ मत पाए ।

यस्तै उपमेयरमा पनि कांग्रेसका सुनिता रावल विजयी भएकी छन् । उनले ६४२६ मत ल्याइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी लक्ष्मीदेवी मल्लले ४६४५  मत पाइन् । तेस्रो भएको माओवादीका रमेशप्रसाद जोशीले जम्मा ३६६ मत पाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?