 
																			४ जेठ, सुर्खेत । सुर्खेतको गुर्भाकोटको मेयर र उपमेयरमा पुनः नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा नेपाली कांग्रेसका हस्त पुन र उपमेयरमा कांग्रेसकै मैना बिक निर्वाचित भएका छन् । नेकपा एमाले र माओवादीका उम्मेदवारलाई पराजित गर्दै पुन निर्वाचित भएका हुन् ।
मेयरमा पुनले ११,९७८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका तिलकबहादुर खत्रीले १०, १८६ मत ल्याएका छन् । माओवादीका मेयरका उम्मेदवार जयबहादुर डाँगीले ६३३ मत पाएका छन् ।
उपमेयरमा निर्वाचित कांग्रेसकी मैना बिकले ११,७४३ मत ल्याउँदा एमालेकी सुशीलाकुमारी विश्वकर्मा (सुनार)ले १०,२९९ मत पाएका छन् । माओवादी केन्द्रकी टिका शर्माले ७८१ मत ल्याएकी छिन् ।
नगगर प्रमुखमा निर्वाचित पुन र बिक २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि अत्यधिक मतले विजयी भएका थिए । यो पटक पनि पुनः निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4