+
+

रुकुम पश्चिमको आठबिसकोटमा पनि माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १३:२०

४ जेठ, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पनि माओवादी केन्द्र विजयी भएको छ । नगर प्रमुखमा रवि केसी र उपप्रमुखमा धनकुमारी शाही विजयी भएका हुन् ।

माओवादी केन्द्रका उम्मेदवार केसी ७ हजार ३९९ मतसहित नगर प्रमुखमा विजयी हुँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका धिरेन्द्र कुमार बटालाले ६ हजार ६१५ मत पाए । एमाले उम्मेदवार कृष्णा कुमारी मल्लले १९९ मत पाइन् ।

यसैगरी उपप्रमुखमा पनि माओवादी केन्द्रकी धनकुमारी शाही विजयी भएकी छन् । शाहीले ७ हजार २६७ मत पाइन् ।

उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका दिनेश चन्दले ६ हजार २६८ मत पाएका छन् ।

रुकुम पश्चिमका ६ वटा पालिकाहरुमध्ये चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिका माओवादी केन्द्र विजयी भएको छ । नेपाली कांग्रेसले बाँफिकोट गाउँपालिका जितेको छ ।

अब जिल्ला सदरमुकामसमेत रहेको मुसिकोट नगरपालिकाको परिणाम मात्र सार्वजनिक हुन बाँकी छ ।

पूर्व रुकुममा भने भुमे, सिस्ने र पुथा उत्तरगंगा तीनवटै गाउँपालिकामा माओवादी विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?