+
+

क्रिप्टोकरेन्सीको कमाल, सोसल मिडिया स्टारले २४ घण्टामै यसरी गुमाए ३५ करोड रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १४:५०

डिजिटल मुद्रा क्रिप्टोकरेन्सीले विश्वका धेरै मानिसहरुलाई रातारात धनी बनाइदिएको छ । कतिपय मानिसहरुले भने त्यही क्रिप्टोकरेन्सीका कारण आफ्नो जीवनभरको कमाई समेत गुमाउनुपरेको छ ।

डिजिटल दुनियाँका एक चर्चित स्टारले पनि क्रिप्टोकरेन्सीबाटै केवल एक दिनमै करीब ३५ करोड रुपैयाँ गुमाएका छन् ।

विश्वमा क्रिप्टोकरेन्सीको बजार धरासायी हुँदा उनले करोडौँ रकम क्षणभरमै गुमाउनुपरेको हो । करोडौँ रकम गुमाएसँगै उनी डिप्रेसनको सिकार बनेका छन् ।

ओलाजिदे ओलायंका विलियम्स बेलायती युट्युुबर तथा र्यापर हुन् । सोसल मिडियामा उनी प्क्क्ष् को नामले चर्चित छन् । उनले क्रिप्टो मार्केटबाट २८ लाख डलर गुमाएका छन् ।

प्क्क्ष् ले क्रिप्टोकरेन्सी लुनामा लगानी गरेका थिए, जसबाट उनलाई भारी नोक्सानी भयो । लुनाको शेयर मूल्यमा २४ घण्टाको बीचमा ९७ प्रतिशतले गिरावट हुँदा उनले करोडौँ रकम गुमाउनु परेको हो । क्रिप्टोकरेन्सीको मार्केट क्र्यास हुँदा त्यसको असर बिटक्वाइन तथा इथेरियम जस्ता ठूला क्रिप्टोकरेन्सीको मूल्यमा पनि परेको छ ।

२४ घण्टामा २१ करोड भन्दा धेरै रकम गुमाएपछि सोसल मिडिया स्टार विलियम्स डिप्रेसनमा गएका थिए । उनले त्यस अवस्थामा आफुले आफुलाई निकै राम्रोसँग सम्हालेको बताएका छन् । उनले भनेका छन्,  केही छैन, म अझै मरेको छैन । त्यो पैसा भन्दा ठूलो आफ्नो परिवार तथा साथीहरुलाई महत्व दिन्छु । क्रिप्टो बजारले मलाई निकै धेरै सिकाएको छ ।

उनले आफ्नो ट्वीटरमा एक ट्वीट गर्दै आफुले गरेको २८ लाख डलरको लुना १ हजार डलरमा झरेको भन्दै अट्टहास गरेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?