+
+

डोटीका ६५ वटै वडाको मत परिणाम सार्वजनिक, कांग्रेसले जित्यो ३९ वटा वडा

रामहरि ओझा रामहरि ओझा
२०७९ जेठ ४ गते १५:०७

४ जेठ, डोटी । डोटी जिल्लाका ६५ वटै वडाको मत परिणाम सार्वजनिक भएको छ । वडा परिणाम अनुसार नेपाली कांग्रेसले ३९ वटा वडा जितेको छ ।

नेकपा एमालेले १८, माओवादी केन्द्रले ५ तथा नेकपा एकीकृत समाजवादीले र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक/एक स्थानमा विजयी हात पारेको छ । एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्राप्त नजिता अनुसार नेपाली कांग्रेसले दिपायल सिलगढी नगरपालिकामा ५, शिखरमा ७, पूर्वीचौकीमा ७, केआई सिंहमा ४, आदर्शमा ४, सायलमा ५, बडीकेदारमा २, जोरायलमा २ र बोगटान फुड्सिल गाउँपालिकामा ३ वडामा जित हासिल गरेको छ ।

एमालेले दिपायल सिलगढीमा २, शिखरमा ४, जोरायलमा ४, आदर्शमा ३, बोगटान फुड्सिलमा २, सायलमा एक र बडीकेदार गाउँपालिकामा २ वडा विजयी प्राप्त गरेको छ । केआई सिंह र पूर्वीचौकी गाउँपालिकामा एमाले क्लिन स्वीप भएको छ ।

माओवादी केन्द्रले दिपायल सिलगढी नगरपालिकामा १, बोगटान फुड्सिलमा २, केआई सिंहमा एक र बडीकेदारमा एक वडा हात पारेको छ । एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी केआई सिंहमा एक÷एक वडामा विजयी भएका छन् । दिपायल सिलगढी नगरपालिकाको एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कुन वडा कसले जित्यो ?

नेपाली कांग्रेस

दिपायल सिलगढी नगरपालिका वडा नं. १, ३, ५, ८, ९

शिखर नगरपालिका वडा नं. १, २, ३, ६, ८, १०, ११

सायल गाउँपालिका वडा नं. २, ३, ४, ५, ६,

आदर्श गाउँपालिका वडा नं. १, ४, ५, ७

पूर्वीचौकी गाउँपालिका वडा नं. १, २, ३, ४, ५, ६, ७

के आई सिंह गाउँपालिका वडा नं. १, २, ३, ४

जोरायल गाउँपालिका ३, ५

बोगटान फुड्सिल गाउँपालिका २, ३, ५

वडीकेदार गाउँपालिका वडा नं. १, ३

नेकपा एमाले

दिपायल सिलगढी नगरपालिका वडा नं. ६, ७

शिखर नगरपालिका वडा नं. ४, ५, ७, ९

सायल गाउँपालिका वडा नं. १

आदर्श गाउँपालिका वडा नं. २, ४, ६

जोरायल गाउँपालिका १, २, ४, ६

बोगटान फुड्सिल गाउँपालिका १, ६

वडीकेदार गाउँपालिका वडा नं. ४, ५

नेकपा माओवादी केन्द्र

दिपायल सिलगढी नगरपालिका वडा नं. ४

के आई सिंह गाउँपालिका वडा नं. ६

बोगटान फुड्सिल गाउँपालिका वडा नं.४, ७

वडीकेदार गाउँपालिका वडा नं. २

नेकपा एकिकृत समाजवादी

के आई सिंह गाउँपालिका वडा नं. ५

राष्ट्रिय प्रजातन्त्र पार्टी

के आई सिंह गाउँपालिका वडा नं. ७

स्वतन्त्र

दिपायल सिलगढी नगरपालिका वडा नं. २

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?