+
+

बाँकेको खजुरामा गठबन्धनका उम्मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १६:०७

४ जेठ, बाँके । बाँकेको खजुरा गाउँपालिकामा गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका डम्बर बिक अध्यक्षमा निर्वाचित भएका हुन् । उनी १ हजार ६ सय ५३ मतको अन्तरले निर्वाचित भए ।

बिकले १० हजार ७ सय ९० मत ल्‍याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले ९ हजार १ सय ३७ मत ल्याए ।

यसैगरी गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसकी मञ्जु मल्ल गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भइन् ।

उनी १ हजार ९ सय ४३ मतको अन्तरले निर्वाचित भएकी हुन् । मञ्जुले १० हजार ३४ मत प्राप्त गरिन् भने उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी ताजरुन निशाले ८ हजार ९१ मत ल्‍याएको खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।

उक्त गाउँपालिकामा यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?