+
+

बागलुङको काठेखोलामा गठबन्धनका उम्‍मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १९:२८

४ जेठ, बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा गठबन्धनका उम्‍मेदवार निर्वाचित भएका छन् ।

गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा र उपाध्‍यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा निर्वाचित भएका छन् ।

राजु थापाले निकटतम प्रतिस्पर्धी एमालेका डिलबहादुर कार्कीलाई १ हजार बढी मतले हराउँदै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

कांग्रेसका थापाले ७ हजार ७५१ मत ल्‍याउँदा एमालेका कार्कीले ६ हजार ३७६ मत मात्रै पाए ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापाले ६ हजार ७१२ मत ल्याउँदा एमालेकी कोपिला कुमारी पुनले ६ हजार ४४८ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?