+
+

संखुवासभाका ६ पालिकामा कांग्रेस र ४ पालिकामा एमालेका उम्‍मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते २०:००

जेठ ४, संखुवासभा । संखुवासभामा स्थानीय तह निर्वाचनको मत गणना सकिएको छ । संखुवासभाका १० स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६ पालिका र नेकपा (एमाले) ले ४ वटा पालिका प्रमुख जितेको छ । २०७४ को निर्वाचनमा कांग्रेस र एमाले पाँच/पाच प्रमुख तथा अध्यक्ष जितेको थियो । स्थानीय तह निर्वाचनमा कांग्रेस पहिलो भएको छ ।

कांग्रेसले खाँदबारी,पाँचखपन नगरपालिका, सभापोखरी गाउँपालिका, चिचिला गाउँपालिका, सिलिचोङ गाउँपालिका, मकालु गाउँपालिका प्रमुख तथा अध्यक्ष जितेको छ । एमालेले मादी नगरपालिका, धर्मादेवी नगरपालिका, चैनपुर नगरपालिका र भोटखोला गाउँपालिका प्रमुख तथा अध्यक्ष निर्वाचित भएका छन् ।

यस्तै १० स्थानीय तहका ७६ वडामध्ये एमालेबाट ३४ वडाध्यक्ष निर्वाचित भएका छन् । कांग्रेसबाट ३३ वडाध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै माओवादी केन्द्रबाट ९ र स्वतन्त्रमा १ वडा अध्यक्ष निर्वाचित भएका छन् । वडा अध्यक्षहरुमा एमाले पहिलो देखिएको छ ।

त्यसैरी कांग्रेसबाट ३ र एमालेबाट ४ उपप्रमुख तथा उपाध्यक्ष विजयी भएका छन् । माओवादीले १, नेकपा(एकिकृत समाजवादी)ले २ उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । २०७४ को निर्वाचनमा एमाले ६ वटा र कांग्रेसले ४ वटा उपप्रमुख तथा उपाध्यक्ष जितेको थियो ।

खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिया र उपप्रमुखमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भिमबहादुर लिम्बु विजयी भएका छन् ।

मादी नगरपालिकाको प्रमुखमा एमालेका जिवन लिंथेप र उपप्रमुखमा सुनिता देवी भट्टराई निर्वाचित भएकी छन् । पाँचखपन नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विपीन राई र उपप्रमुखमा नेकपा (एकिकृत समाजवादी)की सुमुना श्रेष्ठ विजयी भएका छन् । भोटखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका वाङ छेदर लामा उपाध्यक्षमा एमालेकै सहना लामा निर्वाचित भएकी छन् ।

मकालु गाउँपालिका गठबन्धनका तर्फबाट अध्यक्षमा कांग्रेसका ओङदी शेर्पा र उपाध्यक्षमा नेकपा(माओवादी केन्द्र) की मनकला राई विजयी भएका छन् । सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ र उपाध्यक्ष पदमा देविता कुलुङ निर्वाचित भएका हुन् ।

चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्वू शेर्पा दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् भने उपाध्यक्षमा मनकला राई निर्वाचित भएकी छन् । धर्मदेवि नगरपालिकाको प्रमुखमा एमालेका उदचन्द्र पौडेल र उपप्रमुखमा कांग्रेसकी तारा महत विजयी भएकी हुन् । चैनपुर नगरपालिका प्रमुखमा एमालेका कृष्ण कुमार तामाङ र उपप्रमुखमा एमालेकै एलिना श्रेष्ठले विजयी भएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?