+
+
Shares

संखुवासभामा एक महिनामा ११ जना फरार प्रतिवादी पक्राउ

भविन कार्की भविन कार्की
२०८३ भदौ ४ गते १६:०४

४ भदौ, संखुवासभा । जिल्ला प्रहरी कार्यालय, संखुवासभाले एक महिनामा ११ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिनामै ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

आपराधिक घटनाका फरार प्रतिवादीलाई खोजी तथा पक्राउ तीव्र पार्ने क्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक मेघराज अर्यालले बताए ।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई २२ वर्ष दुई महिना २३ दिन कैद सजाय तोकिएको थियो । साथै, उनीहरूबाट दुई करोड नौ लाख १९ हजार ९ सय ४९ रुपैयाँ  जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?