+
+
Shares

मृगेन्द्रनाथ रिमाल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १४:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बीमा ऐन २०७९ र धितोपत्र सम्बन्धी ऐन २०६३ को कसुरमा फरार रहेका काठमाडौंका मृगेन्द्रनाथ रिमाललाई प्रहरीले पक्राउ गरेको छ।
  • केन्द्रीय अनुसन्धान ब्युरोले रिमाललाई काठमाडौं महानगरपालिका-७ सिफलबाट नियन्त्रणमा लिएर जिल्ला अदालतमा उपस्थित गराएको छ।
  • सीआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार रिमाल दीपक भट्टसँग जोडिएको मुद्दामा फरार प्रतिवादीका रूपमा रहेका थिए।

७ साउन, काठमाडौं ।  बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ का मृगेन्द्रनाथ रिमाल रहेका छन् । रिमाल नेपाल माइक्राे इन्स्याेरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रिमाललाई काठमाडौं महानगरपालिका- ७ सिफलबाट नियन्त्रणमा लिएको छ ।

रिमाललाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको ब्युरोले जनाएको छ ।

उनलाई बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा दीपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।

२८ जेठमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा उनी फरार थिए । फरार नै कायम गरी मुद्दा दायर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?