+
+

पर्साको पोखरियामा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते ८:२३

५ जेठ, वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । मेयरमा पूर्वसांसद प्रधुम्नप्रसाद चौहान र उपमेयरमा रुवी कुमारी ठाकुर विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार एवम् निवर्तमान मेयर दिपनारायण रौनियारलाई २४३३ मत अन्तरले पराजित गर्दै चौहान मेयरमा निर्वाचित भएको निर्वाचन अधिकृत पदम बहादुर कार्कीले जानकारी दिए ।

चौहानले ५५५४ मत पाउँदा कांग्रेसका उम्मेदवार रौनियारले ३१२१ मत पाएका छन् । ०७४ को निर्वाचनमा दिपनारायणले प्रधुम्नलाई पराजित गरेका थिए । रौनियार ३०२६ मत ल्याएर विजयी हुँदा संघीय समाजवादी फोरमबाट उठेका प्रधुम्नले २७६७ मत पाएका थिए ।

उपमेयर रुवी ५१९५ मत ल्याएर विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी रेहना खातुनले ३९२९ मत पाएकी छन् ।

वडामा कांग्रेस बलियो

१० वटा वडा रहेको पोखरिया नगरपालिकामा ५ वटा वडामा कांग्रेस, ४ वटामा एमाले र एउटा वडा नेपाल सुशासन पार्टीले जितेको छ ।

वडा नं १, २, ३ मा क्रमशः नेकपा एमालेका प्रमोद गिरी (४४७), केदार महतो चाई (५८४), रामप्रवेश प्रसाद चाई (१०२९) विजयी भएका छन् । वडा नं ४ नेपाली कांग्रेसका लक्ष्मण साह कानु (८१५) विजयी हुँदा वडा नं ५ मा एमालेकै महिन्द्र महतो चाइ (४०२)ले जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?