+
+

जुम्ला गुठिचौरमा नेपाली कांग्रेस र एकीकृत समाजवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते ९:४७

५ जेठ, जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दानबहादुर बुढा विजयी भएका छन् ।

दानबहादुरले १७७५ मत ल्याएर एकीकृत समाजवादीका जनक थकालीलाई पारजित गरेका हुन्  । समाजवादीका थकालीले १६०४ मत ल्याए ।

यस्तै, उपाध्यक्षमा भने एकीकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी विजयी भएकी छन् । भण्डारीले १५०३ मत ल्याइन् भने उनकी निकटतम प्रतिस्पर्धी माओवादीकी राजकन्य बुढाले १२१४ मत ल्याइन् ।

गुठिचौरमा २०७४ सालमा नेकपा मा‌ओवादी  न्द्रका हरिबहादुर भण्डारी अध्यक्ष र जानदेवी ऐडि उपाध्यक्षमा निर्वाचित भएका थिए । यसपटक भने माओवादी तेस्रो भएको छ ।

गुठिचौरको नतिजना आएसँगै जुम्लाका सबै पालिकाको मतगणना सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?