+
+

रौतहटको चन्द्रपुरमा मेयर र उपमेयरमा कांग्रेसका उम्‍मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते ११:०३

५ जेठ, काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्‍मेदवार निर्वाचित भएका छन् ।

नगरपालिकाको मेयरमा सञ्जय कुमार काफ्ले र उपमेयरमा जयमाला कुमारी चौधरी निर्वाचित भएका हुन् ।

निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका शिव प्रसाद आचार्य, माओवादी केन्द्रका खिलानाथ पौडेल र एकीकृत समाजवादीका बाबुराम दाहाललाई ३ हजार बढी मतान्तरले हराउँदै नगर सञ्‍जय नगर प्रमुखमा निर्वाचित भएकन हुन् ।

काफ्लेले ९ हजार १६३ मत ल्याउँदा नेकपा एमालेका शिवप्रसाद आचार्यले ६ हजार ४२४, माओवादी केन्द्रका खिलानाथ पौडेलले ५ हजार ४६२ र एकीकृत समाजवादीको बाबुराम दाहालले ५ हजार ४६२ मत मात्र ल्याए ।

यस्तै नगरपालिकाको उपमेयरमा नेकपा एमालेकी मुना सुवेदी, माओवादी केन्द्रकी देवकी नेपाल र एकीकृत समाजवादीकी ममता कुमारीलाई हराउँदै नेपाली कांग्रेसकी जयमाला कुमारी चौधरी निर्वाचित भएका हुन् ।

चौधरीले ११ हजार ३७८ मत ल्याउँदा एमालेकी मुना देवीले ६ हजार ७४७, माओवादी केन्द्रकी देवकी नेपालले ७ हजार ६४० र एकीकृत समाजवादीकी ममता कुमारीले ४११ मत मात्र ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?