+
+

बडिगाडको अध्यक्षमा थापा : बुवासँग हारेकी थिइन्, यसपटक छोरालाई जितिन्

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १९:४०

५ जेठ, बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी गण्डकी थापा निर्वाचित भएका छन् । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार थापा पालिका प्रमुखमा निर्वाचित हुने जिल्लाकै पहिलो महिला हुन् ।

तर उनको विजय रोचक लाग्छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेका मेहरसिंह पाइजासँग पराजित भएकी थापाले यसपटक पाइजाकै छोरा राजनकुमार पाइजालाई हराइन् ।

अध्यक्षमा निर्वाचित थापाले ७ हजार २७३ मत प्राप्त गर्दा राजनकुमारले ५ हजार ७ सय मत ल्याए ।

अघिल्लो निर्वाचनमा ५९२ मत अन्तरले मेहरसिंहसँग हार व्यहोरेकी उनले यो पटक उनका छोरा राजनकुमारलाई १ हजार ५७३ मत अन्तरले पराजित गरेकी छन् ।

गाउँपालिका उपाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका भीमसेन वन विजयी भएका छन् । वनले ७ हजार १०३ मत प्राप्त गर्दा एमालेकी मीनकुमारी रायमाझीले ५ हजार ७२७ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?