+
+

वडाध्यक्षका प्रतिस्पर्धी अस्पताल र हिरासतमा, गोला तान्दा कांग्रेसका श्रेष्ठ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १२:२४

५ जेठ, धादिङ । स्थानीय निर्वाचनको दुई दिनअघि वैशाख २८ गते नीलकण्ठ नगरपालिका वडा नं. ६ को देउरालीछाप रणमैदान बन्यो । जिल्लाका विभिन्न पालिकामा चुनावी तालमेल गरे पनि नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार भूपेन्द्र श्रेष्ठको समूह र नेकपा माओवादी केन्द्रका स्थानीय कार्यकर्ताबीच झडप भयो ।

माओवादी केन्द्रबाट वडाध्यक्षका प्रत्यासी लक्ष्मण रम्तेल नेतृत्वको समूहमाथि आक्रमण गरेको आरोप लाग्यो । उक्त घटनामा परी कांग्रेसबाट वडाध्यक्षका प्रत्यासी श्रेष्ठसहित ४ जना गम्भीर घाइते भए भने अन्य डेढ दर्जन नेता कार्यकर्ता सामान्य घाइते बने ।

टाउकोमा गम्भीर चोट लागेर काठमाडौंको एक अस्पतालमा उपचाररत श्रेष्ठ चुनावको दिन एम्बुलेन्स चढेर मत दिन आए । उनीमाथि आक्रमण गरेको आरोप लागेका वडाध्यक्षका अर्का प्रत्यासी लक्ष्मण रम्तेललाई मतदानलगत्तै प्रहरीले पक्राउ गर्‍यो ।

उक्त आक्रमणमा संलग्न रहेको आरोपमा स्थानीय प्रशासनले चारजना माओवादी कार्यकर्तालाई चुनाव अगाडि नै पक्राउ गर्‍यो । प्रहरी हिरासतमा रहेका उनीहरूले मतदान गर्न पाएनन् ।

नीलकण्ठ-६ को मतपरिणामले नेकपा माओवादी केन्द्रलाई नराम्ररी झस्कायो । किनकि दुवै वडाध्यक्ष प्रत्यासीले ७५८ मत प्राप्त गरे । एकजना प्रतिस्पर्धी हिरासत र अर्को अस्पतालमा रहेकाले तत्काल गोलाप्रथा गर्न सम्भव भएन ।

बिहीबार बिहान गोलाप्रथा गर्दा कांग्रेसका उम्मेदवार श्रेष्ठको पक्षमा नतिजा आएको छ । उम्मेदवारको नामको वर्णानुक्रमअनुसार भूपेन्द्र श्रेष्ठले गोला थुत्दा उनी विजयी भएका हुन् ।

गोला झिक्न रम्तेललाई प्रहरी हिरासतबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा लगिएको थियो भने श्रेष्ठको तर्फबाट कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी रोहवर बसेका थिए ।

वडा अध्यक्षमा मत परिणाम बराबर आए पनि ४ वटा वडा सदस्यहरुमा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?