+
+

धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई २१० मतको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १२:२१

५ जेठ, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पारेका छन् ।

बुधबार स्थगित भएर बिहानदेखि सुरु भएको मतगणनामा साम्पाङले कांग्रेसका उम्मेदवार किशोर राईलाई २१० मतले पछि पारेका हुन् ।

लौरो चुनाव चिन्ह पाएका साम्पाङले अहिलेसम्म ८ हजार ६८९ मत पाएका छन् । सुरुवाती अग्रता लिएका कांग्रेसका राईले ८ हजार ४७९ मत ल्याएका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६ हजार ९४६ मत ल्याएर तेस्रो स्थानमा छन् ।

धरानमा हालसम्म ८, ९, १०, ११, १२, १९ र २० नम्बर वडाको मतगणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?