+
+

जित्ने आशा अझै बाँकी छ : सिर्जना सिंह

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १५:२३
फाइल तस्वीर

५ जेठ, काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले महानगरको मेयरमा जित्ने आश अझै बाँकी नै रहेको बताएकी छन् ।

मतगणना स्थल राष्ट्रिय सभा भवन प्राङ्गणमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सिंहले महानगरको धेरै मत अझै गन्न बाँकी रहेकोले जित्ने आश रहेको बताएकी हुन् । ‘मत भर्खरै ६० हजार मात्रै गणना भएको छ । अहिले नै जीत हार भइसकेको छैन । हामीले जित्ने वडाहरुमा मत आउँदै नआएका पनि होइन ।’

सिंहले अपेक्षा गरेको जति मत नआएको संकेत गरेपनि यो विषयमा भने सबै मतगणना सकिसकेपछि मात्रै बोल्ने प्रतिक्रिया दिइन् । उनले भनिन, ‘यो भन्दा राम्रो पनि हुनुपर्थ्यो, केही ठाउँमा राम्रो आइरहेको छ, केहीमा नराम्रो भएको छ । तर धेरै मत गन्न बाँकी छ, अहिले नै निष्कर्षमा पुगिहाल्न मिल्दैन ।’

देशभरी पहिलो दल हुँदा काठमाडौंमा कांग्रेस पछाडि पर्नुमा आफू अच्चमित बनेको उनले बताइन् । आफूले प्राप्त गरेको एक भोटको पनि सम्मान गर्नेभन्दै सिंहले भनिन्, ‘प्रत्येक वडामा मेरो मत राम्रो आएको छ, अबको वडाहरुमा पनि मलाई माया गर्नु हुन्छभन्ने् आश रहेको छ । मैले जित्नेमा पूर्ण आशवादी छु ।’ अहिलेसम्म आएको मतलाई सहजै रुपमा लिएको उनको भनाइ थियो ।

पछिल्लो मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साह २२ हजार ८४२ मतका अग्र स्थानमा छ । दोस्रो स्थानमा रहेको नेकपा एमालेका केशव स्थापितको ११ हजार ७६९ मत रहेको छ भने सिंह १० हजार ९८६ मतका साथ तेस्रो स्थानमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?