+
+

मिस नेपालका अन्तिम २८ प्रतिस्पर्धी छानिए

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १७:५०

काठमाडौं । मिस नेपाल २०२२ का अन्तिम २८ जना प्रतिस्पर्धी छानिएका छन् । अडिसन दिएका १९६ जनामध्ये योग्यता पुगेका प्रतिस्पर्धी छनौट गरिएको द हिडन ट्रेजरले जनाएको छ ।

हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारका अनुसार २८ जनाबाट पनि अन्तिम २४ जना प्रतिस्पर्धी तय हुने छन् । छनौट भएका सबैको नाम आगामी साता सार्वजनिक गर्ने तयारी भएको छ ।

अन्तिम २८ जना प्रतिस्पर्धीमध्ये मिस सुदुरपश्चिमलाई सीधै प्रवेश दिलाइएको हो । यसपटक इतिहासमै पहिलोपटक झन्डै ८०० जनाले मिस नेपालमा आवेदन दिएका थिए । मापदण्डमा लचिलो नियम ल्याइएपनि आवेदन बढेका हुन् ।

कर्णाली प्रदेशको सुर्खेतमा पहिलोपटक अडिसन गरिएको थियो । यसपटक सातै प्रदेशमा अडिसन गरिएको थियो ।

आवेदन दिएकामध्ये १९६ जनालाई मात्र अडिसनको मौका दिइएको हो । एउटै नाम दोहोरिएका, एकैजनाले धेरैपटक आवेदन दिएका र कागजपत्र पूर्णता नभएका आवेदकलाई अडिसनमा भाग लिन दिइएन । छानिएकालाई आगामी साता अभिमुखीकरण तालिम समेत दिइने भएको छ ।

असार ४ गते मिस नेपालको ग्रान्ड फिनाली हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?