+
+

चन्द्रागिरि नगरपालिकाको मेयरमा घनश्याम गिरी पुन: निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १९:३५

५ जेठ, काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका घनश्याम गिरी निर्वाचित भएका छन् । गिरी यसअघि पनि चन्द्रागिरी नगरपालिकाको मेयर थिए ।

कुल ३६ हजार ७०३ मत खसेकोमा गिरीले १५ हजार ४७५ मत ल्याए । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उत्तमबाबु राउतले १४ हजार ६१ मत ल्याए ।

उपमेयरमा नेकपा एमालेका बसन्ती श्रेष्ठ निर्वाचित भइन् । उनले १५ हजार ५६४ मत ल्याउँदा निकटम प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चा पार्टीका रोसन दानीले ४ हजार ४५९ मत मात्र ल्याए ।

चन्द्रागिरिमा उपमेयर सत्ता गठबन्धनले राष्ट्रिय जनमोर्चालाई दिने निर्णय गरेको थियो । तर उपमेयरमा १० हजार ४२ मत बदर भएको थियो, सबै मत उम्मेदवार नै नभएको रुख चिह्नमा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?