+
+

कपिलवस्तुको शिवराजको मेयरमा राप्रपाका थापा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते २१:२९

५ जेठ, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाको मेयरमा राप्रपाका अजय थापा निर्वाचित भएका छन् ।

थापाले सात हजार ६०२ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव पोखरेलले सात हजार १२८ मत पाए । त्यस्तै नेपाली कांग्रेसका हुमकान्त खनालले पाँच हजार ४७७, लोकतान्त्रिक समाजवादी पार्टीका रविदत्त मिश्रले चार हजार २४ मत पाए ।

उपमेयरमा नेकपा एमालेकी शिवकुमारी चौधरी निर्वाचित भएकी छन् । उनले सात हजार ९५५ मत पाएकी छन् भने दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी शारदा कार्कीले ६ हजार १८५ मत पाएकी छन् । राप्रपाकी विपाशा चौधरी पाँच हजार १५९ मत ल्याएर तेस्रो स्थानमा रहिन् ।

राप्रपाले यसअघि काठमाडौंको शंखरापुर नगरपालिकाको मेयर र झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका अध्यक्ष निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?