+
+

इनरुवा नगरपालिकाको मेयरमा कांग्रेसका भण्डारी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते २३:२६

५ जेठ, सुनसरी । सुनसरीको इनरुवा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका केदार भण्डारी र विनिताकुमारी मेहता निर्वाचित भएका छन् ।

कांग्रेस उम्मेदवार भण्डारीले निकटतम् प्रतिस्पर्धी एमालेका सरोज कुमार पोखरेललाई २ हजार बढी मतान्तरले हराउँदै मेयरमा निर्वाचित भएका हुन् ।

भण्डारीले ११ हजार ८२४ मत ल्याउँदा एमालेका पोखरेलले ९ हजार ५३ मत मात्र पाए ।

यस्तै नगरको उपमेयरमा एमालेकी उम्‍मेदवार सहजादी प्रविन(आलम)लाई २ हजार बढी मतले पराजित गर्दै कांग्रेसकी मेहताले जितेकी हुन्। मेहताले ११ हजार ४८० मत ल्याउँदा एमालेकी सहजादीले ९ हजार५३७ मत मात्र पाइन् ।

 

त्यस्तै, उपमेयरमा निर्वाचित मेहताले ११ हजार ४८० मत पाइन् भने उनकी निकटतम प्रत्यासी नेकपा एमालेका सहजादी प्रविन (आलम)ले ९ हजार ३३७ मत पाएकी छिन् ।

मेयरमा निर्वाचित भण्डारी कांग्रेस सुनसरीका सभापति समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?