+
+

रामेछापको खाँडादेवी गाउँपालिकामा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते ८:४६

६ जेठ, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मदेवारहरु विजयी भएका छन् ।

शुक्रबार बिहान सम्पन्न मतपरिणाम अनुसार एमालेका उम्मेदवार ज्ञानकुमार श्रेष्ठ ७ हजार ३ सय ५९ मसहित विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नवराज थोकरले ४ हजार ९ सय ९ मत प्राप्त गरे ।

त्यसैगरी उपाध्यक्षमा एमालेकी रमा घिसिङ ७ हजार ४५८ मत ल्याएर विजयी भइन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका मानबहादुर लामाले ४ हजार १११ मत प्राप्त पाए ।

एमालेले खाँडादेवीका ९ मध्ये ७ वटा वडाका सबै प्रतिनिधिसहित विजयी हासिल गरेको छ । कांग्रेसले वडा नम्बर ६ र माओवादी केन्द्रले वडा नम्बर १ मा जित हात पारेको छ ।

योसँगै रामेछाप जिल्लाका सबै पालिकाको मत गणना सम्पन्न भएको छ । जनप्रतिनिधहरूको आज सपथ ग्रहणको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?