+
+

आजदेखि शुक्रबार पनि सेयर कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १२:१३

६ जेठ, काठमाडौं । आजदेखि सेयर बजार कारोबार शुक्रबार पनि हुन थालेको छ । शुक्रबार कारोबार समय सुरु भएको पहिलो सत्रमा बजार केही बढेको छ ।

सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेपछि पहिलो पटक शुक्रबार समेत सेयर कारोबार हुन थालेको हो । सेयर कारोबार सातामा पाँच दिन हुन्छ । यसअघि आइतबारदेखि बिहीबारसम्म हुने कारोबार अब आइतबार बिदा भएपछि शुक्रबारका लागि सारिएको हो ।

नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एस्चेन्जलाई शुक्रबार पनि कारोबार खुला गर्न निर्देशन दिएसँगै आजदेखि कारोबार भएको हो । कारोबारको समय भने परिवर्तन गरिएको छैन । सेयर बजारको कारोबार समय ११ बजेबाट ३ बजेसम्म तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?