+
+

मोरङको रतुवामाईको मेयरमा कांग्रेसका सिंह निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १४:०८

६ जेठ, विराटनगर । मोरङको रतुवामाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेश्वरप्रसाद सिंह गनगाई निर्वाचित भएका छन् । उपमेयरमा भने नेकपा एमालेकी दमयन्तादेवी चुडाल निर्वाचित भएकी छन् ।

मेयरमा विजयी ७४ वर्षीय सिंहले  १३ हजार १३५ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका दुर्गाबहादुर बिष्टले ११ हजार २५२ मत ल्याए । राप्रपाका मेयर उम्मेदवार गोविन्दबहादुर कटुवालले ९४० मत पाए ।

उपमेयरमा निर्वाचित चुडालले ९ हजार ३७४ मत पाउँदा निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुमन कालिकोटेले ८ हजार ४७९ मत पाए । उपमेयरमा स्वतन्त्र उम्मेदवार टंकप्रसाद ढकालले २ हजार २०४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?