+
+

दाङमा टिप्परको ठक्करबाट युवकको मुत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १४:५७

६ जेठ, दाङ। दाङमा टिप्परको ठक्करबाट एक युवकको मुत्यु भएको छ ।  तुलसीपुर उपमहानगरपालिका-४ हर्नेटीमा बिहिबार साँझ ६ बजे टिप्परले ठक्कर दिदा कपुरकोट गाउँपालिका-३ का १८ वर्षिय आकाश सेनको मुत्यु भएको तुलसीपुर इप्रकाका डिएसपी श्यामु अर्यालले बताए ।

सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गर्दा रा १ प ३१७९ नम्बर मोटरसाइकलमा सवार सेनलाई रा १ ख ११२३ नम्बरको टिप्परले ओभरटेक गर्ने ठक्कर दिएपछि गम्भिर घाइते भएका थिए ।

उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पतालमा मुत्यु भएको हो । उनको मत्युपछि मृतकका आफन्तले कपुरकोट-तुलसीपुर सडकखण्डमा टिप्पर सञ्चालनमा रोक लगाएका छन् ।

दोषीलाई कार्बाही नहुँदासम्म र पिडितका आफन्तले क्षतिपूर्ति नपाउँदासम्म टिप्पर सञ्चालन गर्न नदिने मृतक परिवारको माग छ ।

राप्ती प्रादेशिक अस्पतालमा शबको पोष्टमार्टम अझै हुन सकेको छैन । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?